Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इजरायली सेनाद्वारा गाजाको राफाहमा आक्रमण

एजेन्सी । इजरायली सेनाले गाजापट्टीको दक्षिणी भागमा रहेको राफाह सीमा क्रसिङमा आक्रमण गरेको छ।

इजरायली ट्याङहरूले राफाह सीमा क्रसिङमा आक्रमण गरको हो । इजरायली सेनाले यसलाई नियन्त्रण गरी प्यालेस्टिनीहरूलाई क्रसिङबाट सर्नबाट रोकेको छ।

गाजाको जनरल अथोरिटी फर क्रसिङ एन्ड बोर्डर्सको विज्ञप्तिमाअनुसार राफाह सीमा क्रसिङ र केरेम शालोम दुवैमा यात्रु र मानवीय सहायताको आवागमन रोकिएको छ ।

इजरायली सेनाले सीमा क्षेत्रमा ट्याङ्की आक्रमण गरिरहेको भिडियो सावैजनिक गरेको छ । यसैबीच, सामाजिक सञ्जालमा जारी गरिएका अन्य तस्बिरहरूमा राफाह सिमानाको प्रवेशद्वारमा इजरायली झण्डा फहराएको देखाइएको छ ।

युद्धग्रस्त तटीय इलाकामा २.३ मिलियनभन्दा बढी प्यालेस्टिनीहरूका लागि राफाह सीमा क्रसिङ एक मात्र एक मध्याम हो । सोमबार राति इजिप्टले प्यालेस्टिनी पक्षलाई राफाह क्रसिंगको प्यालेस्टिनी पक्षको वरपर इजरायलको सुरक्षा अभियान मङ्गलबार बिहान समाप्त हुनेछ।

इजिप्टले इजिप्ट र गाजा पट्टीबीचको एकमात्र मार्ग राफाह क्रसिङको प्यालेस्टिनी पक्षको वरपर इजरायली आक्रमणको बारेमा सोधपुछ गरी इजरायलले मङ्गलबार बिहान अपरेसन समाप्त हुने प्रतिक्रिया दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077