Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विकास समितिको म्याद एक वर्ष थप्ने सरकारको निर्णय

काठमाडौं । सरकारले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिको म्याद थप गरेको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले समितिको म्याद एक वर्ष थप्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सो निर्णय गरेको सरकारको प्रवक्ता समेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार विकास समिति रक्षामार्फत पूर्वाधारसम्बन्धी काम हुँदै आएको छ ।

४ वर्षका लागि गठन भएको समितिको म्याद वैशाख २६ गते सकिन लागेकाले आजको बैठक सोही विषयलाई सम्बोधन गर्नका लागि बसेको शर्माको भनाइ छ ।

यसका लागि नयाँ कानुन नबनिसकेकाले हालका लागि समितिको म्याद एक वर्ष थप गर्ने भन्ने निर्णय भएको शर्माले बताइन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077