Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

वामदेव गौतमलाई इंगित गर्दै ओलीले भने - तपाईँको एकता महाअभियान सफल होस्

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामदेव गौतमको एकताको भावनालाई आफूले सकारात्मक रुपमा लिएको बताएका छन्।

वरिष्ठ राजनीतिज्ञ सिद्धिनाथ ज्ञवाली स्मृति ग्रन्थ विमोचन कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

नेकपा राष्ट्रिय एकता अभियानका अध्यक्ष गौतमले आफू एमालेमा आत्मालोचनासहित फर्किन तयार रहेको बताएका थिए।

अध्यक्ष ओलीले भने, ‘वामदेव कमरेडले उठाउनुभएको कुरा छलफल गर्ने थलो यो होइन । पछि हामी त्यसबारेमा छलफल गर्न सक्छौँ । वामदेवजीको एकताको भावना त्यो सकारात्मक छ । महाअभियान सफल होस् । शुभकामना ।’

अध्यक्ष गौतमले आफूलाई मिसन ८४ मा ६० लाख भोट ल्याउने जिम्मा दिएर पार्टीमा भित्र्याउन अध्यक्ष केपी ओलीलाई आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077