Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विदेशीको दबाबका कारण मुलुकको सत्ता समीकरण परिवर्तन हुन्छ : राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले विदेशीको दबाब प्रभावका कारण मुलुकको सत्ता समीकरण परिवर्तन भएको बताएका छन्।

राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन्।

उनले नेपालका राजनीतिक दलहरु विदेशीको इशारामा चल्ने गरेको आरोप लगाउँदै सत्ता समीकरण परिवर्तन पनि विदेशीको दवाब र प्रभावका कारण भएको बताए।

अहिले दलहरुको प्राथमिकतामा सत्ता मात्रै रहेको अध्यक्ष लिङ्देनको भनाई छ। अध्यक्ष लिङ्देनले चुनावमा गठबन्धन गर्ने विषयमा पनि विदेशीको दवाब आउने गरेको धारणा राखे ।

मिलिजुली बाँकी रहेको देश लुट्ने र लुटको कारबाहीका लागि सत्तालाई प्रयोग गर्ने गरेको भन्दै उनले यस अवस्थालाई देशलाई मुक्त गर्न राप्रपाले नेतृत्वदायी भूमिका निर्वाह गर्ने जिकिर गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077