Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

तत्काल सत्ता गठबन्धन दायाँबायाँ हुँदैन : झलनाथ खनाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले वर्तमान सत्ता समीकरण दायाँबायाँ गर्ने पक्षमा आफुहरु नरहेको बताएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बालुवाटारमा भेट गरेर नेता खनालले यस्तो बताएका हुन् । उनले वामपन्थी गठबन्धन बनाउने विषयमा पार्टीले गरेको संस्थागत निर्णयमा कुनै परिवर्तन नहुने बताए ।

नेता खनालले भने,‘वामपन्थी गठबन्धन बनाएर जाने भनेर नै एकीकृत समाजवादीले संस्थागत निर्णय गरेको हो । हामीले मन्त्रीहरूसमेत पठाइसकेका छौँ । यो सिलसिलामा कुनै व्यक्ति विशेषलाई केही कुरा मन लागेको छैन । चित्त बुझेको छैन भने त्यो पार्टीभित्रै छलफल गर्ने विषय हो । बाहिर बन्दै हिँड्ने विषय होइन ।’

नेता खनालले पार्टीको निर्णयविपरीत कुनै व्यक्ति विशेषले बाहिर बोल्नुभन्दा पनि आन्तरिक बैठकमा नै छलफल गर्नुपर्ने बताए।

वैकल्पिक गठबन्धनको पक्षमा अध्यक्ष माधव नेपालसहित उच्च नेताहरूले अभिव्यक्ति दिएपछि गठबन्धनमाथि सङ्कट आएको अनुमानबिच नेता खनालले प्रधानमन्त्रीलाई भेट गरेका हुन् ।

उनले अहिले पार्टीको ध्यान सत्तामा भन्दा पनि महाधिवेशनतर्फ रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077