Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सन्दीप लामिछानेको मुद्दा हेर्न नमिल्नेमा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दा आइतबार पनि हेर्न नमिल्नेमा परेको छ ।

उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र न्यायाधीश दुर्गाप्रसाद ढुंगेलको इजलासमा पेसी चढे पनि हेर्न नमिल्नेमा राखिएको हो ।

अघिल्लो पेसीमा इजलासले सन्दीपको मुद्दालाई प्राथमिकतामा राखेर हेर्ने आदेश दिएबमोजिम मुद्दाले अग्राधिकार पाएको थियो ।

तर, आज पहिलो नम्बरमा परेको उक्त मुद्दाको सुनुवाइ हेर्न नमिल्नेमा राखिएको हो । निरौलाले यसअघि यो मुद्दामा सुनुवाइ गरेर झगडिया झिकाउने आदेश गरेका थिए ।

अघिल्ला क्रमका मुद्दाहरू हेरेर सन्दीपको मुद्दा छाडी इजलास अगाडि बढेको छ ।

बलात्कार अभियोगमा दोषी ठहर गर्ने जिल्ला अदालत काठमाडौंको फैसलाविरुद्ध सन्दीपले उच्चमा पुनरावेदन गरेका हुन् ।

अघिल्लो साता समेत पेशी चढे पनि हेर्न नभ्याइनेमा परेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077