Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

क्षतिको अवस्था हेरेर आगलागी पीडितलाई थप राहत उपलब्ध हुन्छ : प्रधानमन्त्री प्रचण्ड

सर्लाही । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशभर आगलागीबाट ठूलो क्षति भएको उल्लेख गर्दै आगजनीबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।

सर्लाहीमा शनिबार पार्टीले गरेको कार्यक्रममा बोल्दै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत रहेका उनले आगलागीबाट प्रभावित जनतालाई तत्कालका लागि रु ५० हजार प्रतिपरिवार राहत उपलब्ध गराउने मन्त्रिपरिषद्ले निर्णय गरेको जानकारी गराए ।

प्रधानमन्त्री प्रचण्डले आगलागीबाट भएको क्षतिको अवस्था हेरेर थप राहत उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गरे ।

सो अवसरमा प्रचण्डले मधेशका जनताप्रतिको सम्मान र उनीहरूको आर्थिक एवं सामाजिक विकासका निम्ति आफू प्रतिबद्ध रहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077