Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आज सर्लाही किन जाँदैछन् प्रधानमन्त्री प्रचण्ड ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज सर्लाहीको दक्षिण–पश्चिम ग्रामीण भेगस्थित बलरा जाँदैछन् ।

उनी बलरा नगरपालिका–८, गडहीया डुमरियामा रहेको जनता नमुना माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन त्यहाँ जान लागेका हुन् । प्रधानमन्त्री प्रचण्ड मध्यान्ह हेलिकप्टरमार्फत गडहीया पुग्ने कार्यक्रम रहेको बताइएको छ ।

विद्यालयको १२ कोठे नवनिर्मित भवन आज प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्नेछन् । बागमती प्रदेशको राजधानी हेटौँडामा आयोजित एक कार्यक्रममा सरिक भएर प्रधानमन्त्री प्रचण्ड गहडीया पुग्ने कार्यक्रम रहेको बुझिएको छ ।

गहहीया माविको नव निर्मित भवन उद्घाटन पश्चात् प्रधानमन्त्री प्रचण्डले सोही विद्यालयको प्राङ्गणमा नेकपा माओवादी केन्द्रले आयोजना गरेको बृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077