Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको अन्तिम खेल आज

काठमाडौं । ट्वान्टी–२० शृंखलाअन्तर्गत नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको अन्तिम खेल आज हुँदै छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो सवा १२ बजेबाट शुरू हुने छ ।

वेस्ट इन्डिजले एक खेलअगावै शृंखला ३-१ ले जितिसकेको छ । नेपालसँगको चौथो खेलमा २८ रनको जित निकाल्दा वेस्ट इन्डिज ‘ए’ले शृंखला जितेको थियो । नेपाल आजको खेलमा सान्त्वना जितको खोजीमा हुनेछ ।

पहिलो खेलमा भने नेपालले वेस्ट इन्डिजलाई ४ विकेटले पराजित गरेको थियो । तर, त्यसपछिका खेलमा नेपाल क्रमशस् १० रन, ७६ रन र २८ रनले पराजित हुँदै सिरिज गुमाएको हो ।

नेपालले आईसीसी टी–२० विश्वकपको तयारीस्वरूप वेस्ट इन्डिजसँग शृंखला खेलिरहेको हो । शृंखलापश्चात् नेपाली टोली आईसीसी टी–२० विश्वकपका लागि अमेरिका प्रस्थान गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077