Online Nepal
  • शनिबार, ६ पुष २०८१
  • बाराउद्योरण गाउँमा भएको आगलागीबाट करोडौँको क्षति

    बाराउद्योरण गाउँमा भएको आगलागीबाट करोडौँको क्षति

    अनलाइन नेपाल
  • शुक्रबार, २१ बैशाख २०८१
  • 690
    SHARES

    फाइल तस्विर

    बरहथवा (सर्लाही) । सर्लाहीको विष्णु गाउँपालिकास्थित बाराउद्योरण गाउँमा भएको आगलागीबाट करोडौँको क्षति भएको छ । जिल्लाको दक्षिण पश्चिम स्थितमा भीषण आगलागी भएको थियो ।

    आगलागीबाट स्थानीयको ६१ घरसहित लत्ताकपडा, अन्नपात, नगद र अन्य सरसामग्रीसमेत नष्ट हुँदा दुई करोड १५ लाख बराबरको क्षति भएको बताइएको छ ।



    नेपाल प्रहरी, स्थानीय जनप्रतिनिधि लगायतको उपस्थितिमा क्षतिको विवरण आकलन गरिएको थियो । आगलागीबाट ५७ स्थानीयको घर पूर्णरूपमा खरानी भएको र चारजनाको पक्की घरमा आंशिक क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।



    आगलागीबाट स्थानीयको दुई मोटरसाइकल, एउटा ट्याक्टर समेत जलेको छ । विष्णु–१ का शत्रुधन राउतको घरबाट सुरु भएको आगोले चन्देश्वर राउत, सामबाबु राउत, जिगिन्द्र राउतलगायत गरी ५७ घर नष्ट भएको प्रहरीले जनाएको छ ।

    बिहीबार दिउँसो लागेको सो आगो रातिमात्र पूर्णरूपमा नियन्त्रणमा आएको थियो । आगलागीबाट भर्खरै खेतबाट ल्याएर भित्राएको सयौँ क्वीन्टल गहुँ तथा घरमा भण्डारण गरेर राखेको अन्य अन्नपात मात्रामा नष्ट भएको छ । आगलागीले क्षण भरमै राउत गाउँ खरानी भएको थियो ।

    तीब्र हावा तथा घरमा रहेका सिलिण्डर ग्यास विस्फोटले गर्दा आगो गाउँमा फैलिएको जनाइएको छ । यस्तै आगलागी लगतै पीडित परिवारलाई पालिकाले नजिकैको विद्यालयमा सामूहिक भोजनको व्यवस्था गरेको छ ।

    पीडितका लागि तत्काल विभिन्न संघसंस्थाको सहकार्यमा त्रिपाल, केही भाडावर्तन, ओड्ने ओछ्याउने लगायतका सामग्री वितरणको तयारी गरिएको गाउँपालिकाका प्रशासकीय अधिकृत सञ्जिव सापकोटाले जानकारी दिए । पीडितको दीर्घकालीन व्यवस्थापनको लागि कार्यपालिका बैठकले निर्णय गर्ने उनको भनाइ छ । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार