Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • किन नेपाल आए भारतका प्रधानन्यायाधीश चन्द्रचुड ?

    किन नेपाल आए भारतका प्रधानन्यायाधीश चन्द्रचुड ?

    अनलाइन नेपाल
  • शुक्रबार, २१ बैशाख २०८१
  • 624
    SHARES

    काठमाडौं । भारतका प्रधानन्यायाधीश धनञ्जय यशवन्त चन्द्रचुड नेपाल भ्रमणमा आएका छन् ।

    नेपालका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको निमन्त्रणामा भारतका प्रधानन्यायशीश चन्द्रचुड नेपाल आएका हुन्।



    चन्द्रचुडलाई स्वागत गर्न सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराई, भारतीय राजदूत नवीन श्रीवास्तव लगायतका व्यक्तिहरु त्रिभुवन अन्तर्राष्ट्रिय मिवमानस्थल पुगेका थिए ।



    उनले शनिबार काठमाडौंमा केन्द्रीय बाल न्याय समितिले आयोजना गर्ने कार्यक्रममा मुख्य वक्ताको रुपमा प्रस्तुति दिनेछन् ।

    साथै, चन्द्रचुड र श्रेष्ठबीच द्विपक्षीय भेटवार्ता हुने कार्यक्रम छ । उनी आइतबार बेलुकी भारत फर्कने छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार