काठमाडौं । सरकारले एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने भएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने निर्णय गरेको हो ।
सय रुपैयाँको डिजाइन परिवर्तन गर्ने निर्णय भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता रेखा शर्माले बताईन् ।
अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले सो स्वीकृति प्रदान गरेको हो।
सरकारले २०७७ जेठ ७ गते लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नेपालको नयाँ सार्वजनिक गरेको थियो ।