सर्लाही । सर्लाहीको विष्णु गाउँपालिका–१ बाराउद्योरणमा आगलागी हुँदा ७० घर जलेका छन् ।
बिहीबार दिउँसो स्थानीय शत्रुघन राउतको घरमा लागेको आगोपछि ग्यास सिलिण्डर विस्फोट हुँदा गाउँका करिब ७० घर जलेर खरानी भएका हुन् ।
भर्खरै भित्र्याएको गहुँलगायत अन्नबाली, लत्ताकपडा जल्नुका साथै धेरै पशुचौपायासमेत जलेको र क्षतिको विवरण संकलन भइरहेको बताइएको छ ।
दिउँसो १ बजेतिरबाट सुरूभएको आगो स्थानीय, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको बारुणयन्त्र, चापाकलको पानीको सहारामा करिब चार घण्टापछि निभाइएको थियो ।
सर्लाहीको भैरवीदल गण मलंगवाबाट सेनानी कृष्णप्रसाद पन्तको कमान्डमा ३० जना सैनिक खटिएका थिए ।
Leave a Reply