काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराईजर्स हैदराबादले राजस्थान रोयल्समाथि एक रनको रोमाञ्चक जित निकालेको छ ।
अन्तिम बलसम्म पुगेको खेलमा राजस्थानलाई हैदराबादले १ रनले हराएको हो ।
२०२ रनको लक्ष्य पछ्याएको हैदराबादलाई अन्तिम दुई ओभरमा जितका लागि २० रनको आवश्यकता रहेको थियो ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हैदराबादले २० ओभरमा ३ विकेट गुमाएर २०१ रन बनायो ।
जित पछि हैदराबाद १० खेलमा १२ अंक सहित चौथो स्थानमा उक्लिएको छ। राजस्थान १० खेलमा १६ अंक सहित शीर्ष स्थानमा यथावत छ।
Leave a Reply