Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सन्दीपद्धारा आफूविरुद्धको षड्यन्त्रमा संलग्न सबैको नाम सार्वजनिक गर्ने चेतावनी

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले आफूमाथि ‘षड्यन्त्र’ गर्ने सबैको नाम छिट्टै सार्वजनिक गर्ने चेतावनी दिएका छन् ।

विश्वकप क्रिकेटका लागि नेपाली टोलीको घोषणा गरिएको दिन बुधबार मध्यराति सामाजिक सञ्जालमार्फत उनले यस्तो चेतावनी दिएका हुन् । उनले आफूलाई बलात्कार मुद्दामा फसाइएको दाबीसमेत गरे ।

पहिलो पोस्टमा हाँसेको इमोजी मात्र सेयर गरेका उनले लामो समयदेखि आफूले पोस्ट नगरेको सबै भगवानको भरमा छाडेको लेखेका थिए। यस्तै, तेस्रोमा उनले आफूमाथि षड्यन्त्र भएको बताउँदै छिट्टै सबैको नाम सार्वजनिक गर्ने बताएका छन्।

‘म सम्बन्धित अदालतको कानुन र आदेशको सम्मान गर्दछु तर म यस षड्यन्त्रमा आफ्नो भूमिका खेल्ने प्रत्येक व्यक्तिको नाम छिट्टै सार्वजनिक गर्ने सबैलाई प्रतिज्ञा गर्दछु जो यस मुद्दामा संलग्न छन्, ‘ उनले उल्लेख गरेका छन् ।

जिल्लाको फैसलामाथि उनले गरेको पुनरावेदन उच्च अदालतमा विचाराधीन छ । हिजै नेपाल क्रिकेट संघ (क्यान) ले दोस्रो पटक खेल्न लागेको टी-२० विश्वकपका लागि १५ सदस्यीय स्क्वाड घोषणा गरे गरेको थियो । तर उच्च अदालतमा सन्दीपको मुद्दा विचाराधिन रहेका कारण सन्दीप टोलीमा परेनन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077