Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इन्डोनेसिया प्रहरीको इन्टरनेशनल रिलेसन्स प्रमुख मूर्ति नेपालमा

काठमाडौं । इन्डोनेसियाको नेशनल प्रहरीका हेड अफ इन्टरनेशनल रिलेसन्स डिभिजन प्रमुख आईजीपी कृष्ण मूर्ति नेपाल भ्रमणमा आएका छन्।

डिभिजन प्रमुख आईजीपी मूर्ति पाँच दिने भ्रमणका लागि ६ सदस्यीय टोलीसहित नेपाल आएका हुन् ।

आईजीपी मूर्तिको टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी नायव महानिरीक्षक जनकराज भट्टराई लगायतले स्वागत गरेका थिए।

भ्रमणको क्रममा आईजीपी मूर्तिसहितको टोली नेपाल प्रहरी प्रधान कार्यालय, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज र नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल कपन लगायतका स्थानमा आयोजना हुने समारोहमा सहभागी हुने कार्यक्रम छ।

मूर्तिको टोली विशेषगरी नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका तालिम केन्द्रहरूको अवलोकन र संयुक्त राष्ट्र संघको शान्ति मिसनसँग सम्बन्धित विषयमा छलफलका लागि आएको नेपाल प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077