Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इलाममा पराजित रास्वपाका उम्मेदवार लिम्बु भन्छन् - साग पसल खोल्दै छु, जनताको सेवा गर्छु

काठमाडौं । इलाम-२ को उपनिर्वाचनमा पराजित राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले अब साग पसल खोल्ने बताएका छन् ।

बुधबार बिहान सामाजिक सञ्जालमार्फत आफूले निर्वाचनअगाडि पत्रकारसँग भनेको कुरा स्मरण गर्दै यस्तो बताएका हुन् । उनले साग बेचेरै भए पनि जनताको सेवा गर्ने प्रतिबद्धता व्यक्त गरे ।

‘निर्वाचनअगाडि पत्रकार साथीहरूले प्रश्न गर्ने गर्नुहुन्थ्यो– पत्रकारिता छोडेर राजनीतिमा आउनुभयो। निर्वाचनमा सहभागी हुनुभएको छ, जित्नुभयो भने त सांसद बन्नुहुन्छ, हार्नु भयो भने के गर्नु हुन्छरु मेरो जवाफ हुन्थ्यो– सांसद भए सदनमा जनताको आवाज उठाउने छु। नभए साग बेचेरै भए पनि जनताको सेवा गर्छु’, लिम्बुले लेखेका छन्, ‘आज पनि भन्छु– साग बेचेरै भए पनि जनताको सेवा गर्छु।’

अब आफू छिट्टै साग पसल खोल्ने तयारीमा लागेको उनको भनाइ छ।

‘हामी इलामेली युवा मिलेर छिट्टै नै साग पसल अर्थात् कृषिजन्य उत्पादनको बजारीकरणका लागि काम गर्दै छौँ। यसका आधारभूत कामहरू सुरु भइसकेका छन्। किसानबाट संकलन गर्न सकिने कृषिजन्य उत्पादनको सूची तयार भएको छ। यसका सम्भावित बजारबारे अध्ययन भएको छ । हामी छिट्टै नै उत्पादन, संकलन र बजारीकरणको अवस्थामा पुग्ने छौँ। छिट्टै नै हाम्रो साग पसल देख्न पाउनुहुने छ,’ उनले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077