Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

माधव नेपाल भन्छन् - कम्युनिष्ट एकताका प्रयास भएका छन्

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट पार्टीले मुलुकको राष्ट्रिय राजनीतिलाई सही दिशा निर्देश गरेकाले अहिले जनताको विश्वास जित्दै आइरहेको बताएका छन् ।

पार्टीनिकट अखिल नेपाल महिला सङ्घद्वारा पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले समाज परिवर्तनका लागि विगतमा कम्युनिष्ट पार्टीले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

अध्यक्ष नेपालले आफ्नो पार्टीले जनताको आर्थिक तथा सामाजिक रुपान्तरण कायम गर्न सही नीति, सिद्धान्त, कार्यक्रमको अवलम्बन गरेको प्रस्ट पारे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077