Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

निर्वाचन आयोगले भन्यो - इलाम र बझाङको उपनिर्वाचन उत्साहपूर्ण

काठमाडौं । निर्वाचन आयोगले शनिबार इलाम र बझाङ जिल्लाको उपनिर्वाचन उत्साहजनक रुपमा सम्पन्न भएको दाबी गरेको छ ।

आयोगका उपसचिव एवम् सहायक प्रवक्ता रामदत्त पाण्डेयले जारी गरेको विज्ञप्ति सो कुरा दाबी गरिएको हो । मतदानको विवरण आयोगको सूचना प्रणालीमा प्रविष्ट गर्नेक्रम जारी रहेको आयोगले जनाएको छ ।

आयोगका उपसचिव एवम् सहायक प्रवक्ता रामदत्त पाण्डेयले जारी गर्नुभएको विज्ञप्ति अनुसार इलाम जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ मा करिब ५८ प्रतिशत र बझाङ् जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र न १ मा करिब ५० प्रतिशत मतदान भएको छ।

उपनिर्वाचनमा इलाममा क्षेत्र नम्बर २ मा एक लाख १५ हजार ८८९ मतदाता र बझाङ क्षेत्र १ मा ६१ हजार ७४८ मतदाता रहेका थिए।

मतदान सम्पन्न भएका सबै मतदानस्थलबाट मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ढुवानीको कार्य भइरहेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

इलामको मतपेटिका मतगणनास्थल इलाम नगरपालिकाको वडा न ७ स्थित गौतम बुद्ध सभागृहमा राति ११ बजे र बझाङको मतपेटीका जिल्ला अदालत चैनपुरमा हवाइमार्गबाट आइबार बिहान १० बजेभित्र ढुवानी भइसक्ने गरी आवश्यक व्यवस्था मिलाइएको विज्ञप्तिमा उल्लेख छ।

साथै उपनिर्वाचन सम्पन्न गराउने कार्यमा भूमिका निर्वाह गर्ने पक्षलाई अयोगले धन्यवाद पनि दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077