Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आईपीएल : पञ्जाबसँग कोलकाता ८ विकेटले पराजित, बन्यो नयाँ रेर्कड !

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाब किंग्सले कोलकाता नाइट राइडर्सलाई ८ विकेटले पराजित गरेको छ ।

कोलकाताको इडेन गार्डेनमा गएराति भएको खेलमा कोलकाताले दिएको २६२ रनको लक्ष्य पछ्याएको पञ्जाबले जोनी बेयरस्टोको अविजित शतकमा ८ बल बाँकी छदै दुई विकेट गुमाएर भेट्टायो ।

पञ्जाबले आईपीएल क्रिकेटमा सबैभन्दा धेरै रनको लक्ष्य पछ्याउनेक्रममा जितको नयाँ कीर्तिमान समेत बनाएको छ । उसका बेयरस्टोले अविजित एक सय ८ तथा शंशाक सिंहले ६८ रन जोडे । प्रभसिमरनले ५४ तथा राइली रोसोउले २६ रन जोडे । कोलकाताका सुनिल नारिनले एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको कोलकाताले फिल साल्ट र सुनिल नारिनको अर्धशतकसँगै निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय ६१ रन बनाएको थियो । साल्ट र नारिनले पहिलो विकेटका लागि एक सय ३८ रन बनाएका थिए । साल्टले ७५ रन तथा नारिनले ७१ रन जाडे । पञ्जाबका अर्शदिप सिंहले २, साम करन, हर्सल पटेल, राहुल चाहरले समान एक विकेट लिए ।

जितसँगै पञ्जाबको ९ खेलमा ६ अङ्क भएको छ । पञ्जाब अङ्कतालिकामा आठौँ स्थानमा छ । कोलकाता ८ खेलमा १० अङ्कसहित दोस्रो स्थानमा छ । शीर्षस्थानको राजस्थान रोयल्सको ८ खेलमा १४ अङ्क छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077