Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेस सभापति देउवाले भने - पार्टी बलियो बनाउन सबै एकजुट हुनुपर्छ

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी बलियो बनाउन एकजुट हुनुपर्ने बताएका छन्।

काठमाडौंमा शुक्रबार पूर्वकर्मचारी समाजको कार्यक्रममा बोल्दै सभापति देउवाले यस्तो बताएका हुन् ।  सभापति देउवाले आगामी निर्वाचनमा पार्टीलाई पूर्ण बहुमत आउने बनाउनुपर्ने पनि बताए।

सभापति देउवाले भने, ‘नेपालमा लोकतन्त्र प्राप्ति सहितका हरेक आन्दोलनमा कर्मचारीको महत्वपूर्ण भूमिका छ। सरकार परिवर्तन भइरहन्छन् तर कर्मचारीतन्त्र स्थायी हुन्छ । मुलुक निर्माणमा कर्मचारीहरुको ठूलो भूमिका हुन्छ। जनतासँग प्रत्यक्ष जोडिएर काम गर्ने अवसर हुन्छ। सरकारको सफलता र असफलतामा पनि कर्मचारीको भूमिका महत्वपूर्ण हुन्छ।’

उनले लोकतन्त्र प्राप्तिसहित हरेक आन्दोलनमा कर्मचारीको महत्वपूर्ण भूमिका रहेको बताए।

उनले आगामी निर्वाचनमा कांग्रेसलाई पूर्ण बहुमत आउने अभियानमा सहयोग गर्न पनि आग्रह गरेका थिए।

साथै पार्टी बलियो बनाउने काममा एकजुट भएर लाग्न आवश्यक रहेको सभापति देउवाको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077