Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

उपनिर्वाचनको दिन पनि सार्वजनिक यातायात चलाउन पाइने

काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनको दिन पनि सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको छ।

निर्वाचन आयोगले उपनिर्वाचन हुने इलाम २ र बझाङको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ मा सार्वजनिक सवारी साधन निर्वाध सन्चालन गर्न दिने निर्णय गरेको हो ।

आयोगले यस सम्बन्धी प्रबन्ध मिलाउन गृहमन्त्रालयमार्फत् प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन समेत दिइसकेको छ । यसअघिका चुनावहरुमा अत्यावश्यक सेवा र निर्वाचन आयोगबाट सवारी पास भएका गाडीहरुमात्र सन्चालन गर्न दिइन्थ्यो ।

तर उपनिर्वाचनमा भने मतदाताको सुविधाका लागि मतदान केन्द्रसम्मै निर्वाध रुपमा सार्वजनिक यातायातका साधन सन्चालन गर्न दिने निर्णय आयोगले गरेको हो ।निर्वाचनका दिन अत्यावश्यक सेवाका सवारीसाधन पनि मतदाता बोक्न नपाउने गरी सन्चालन गर्न अनुमति दिइएको छ ।

आयोगका अनुसार बिरामी बोकेका एम्बुलेन्स, खानेपानीको ट्यांकर, दूध बोक्ने सवारी साधन, दमकल, परिचयपत्र वाहक सञ्चारकर्मीले प्रयोग गर्ने सवारी साधन, दुरसञ्चार तथा केवल सेवाका लागि प्रयोग हुने सवारी साधन, शव वाहन, अस्पतालमा कार्यरत परिचयपत्र प्राप्त चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीको आवागमनका लागि प्रयोग हुने सवारी साधन पनि सन्चालन हुन पाउने छन् ।

निर्वाचन आयोगबाट जारी परिचयपत्र वाहक पर्यवेक्षक, अनुगमनकर्ताले प्रयोग गर्ने सवारी साधन, फोहोर मैला ओसारपसार गर्ने सवारीसाधन, तरकारी, फलफूल तथा विद्युत सेवाका लागि प्रयोग हुने सवारी साधन, कूटनीतिक नियोग, विदेशी पर्यटक मात्र बोकेको हरियो नम्बर प्लेट भएको सवारी साधन, सुरक्षा निकायको सवारी साधन, मतदान कार्यमा खटिने कर्मचारी तथा स्वयंसेवकले प्रयोग गर्ने सवारी साधन पनि सन्चालन हुन पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077