Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

रौतहट । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय सुनाइएको छ ।

बिहीबार जिल्ला अदालत रौतहटका न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले कांग्रेस नेता तथा पूर्वसांसद समेत रहेका आलमलाई जन्मकैदको सजाय सुनाएको हो ।

उनीमाथि रौतहटको राजपुरमा २०६४ चैतमा जिउँदै मानिसलाई इँटाभट्टामा हालेर हत्या गरेको आरोप थियो ।

अदालतले मोहम्मद अफताब आलमका भाइ ममताभ आलमलाई पनि जन्मकैदको सजाय सुनाएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077