Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लन्डनका सडकमा राजाका घोडाले उपद्रो मच्चाएपछि...

एजेन्सी । बेलायतको लन्डनका सडकमा घोडाले उपद्रो मच्चाएका छन् ।

बेलायती सेनाका घोडा बिच्किएर भागेपछि मध्यलन्डनमा उपद्रो मच्चिएको हो ।

स्थानीय समयअनुसार बुधवार बिहान सेनाका पाँचवटा घोडा भागेका थिए ।

बकिङ्गम दरबारनजिकै निर्माणको काम भइरहेको ठाउँबाट आएको आवाजका कारण घोडाहरू बिच्किएको हुनसक्ने अनुमान गरिएको छ ।

बिच्किएका घोडाले आफूमाथि सवार (घोडचढी) लाई पनि खसालिदिएका थिए । घोडाले किचेर कम्तीमा चारजना घाइते भएको समाचारमा जनाइएको छ ।

साथै सडकमा गडिरहेका केही गाडीमा पनि क्षति पुगेको छ । भागेको झन्डै दुई घण्टापछि घोडाहरूलाई फेरि नियन्त्रणमा लिइएको थियो ।

ती घोडा ’हाउस होल्ड क्याभर्ली’का हुन् । उक्त एकाइ सन् १६६० देखि बेलायती राजा र रानीको सुरक्षामा खटिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077