Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गुजरातमाथि दिल्लीको रोमाञ्चक जित

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सलाई चार रनले पराजित गरेको छ ।

गएराति भएको खेलमा दिल्लीले दिएको २ सय २५ रनको लक्ष्य पछ्याएको गुजरातले ८ विकेट गुमाएर २ सय २० रन मात्र बनाउन सक्यो ।

गुजरातका साइ सुदर्शनले ६५ रन बनाए । यस्तै डेभिड मिलरले ५५ रन जोडे । त्यसअघि टस हारेर ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ४ विकेटको क्षतिमा २ सय २४ रन बनाएको थियो । उसका कप्तान ऋषभ पन्तले ८८ रन बनाए भने अक्षर पटेलले ६६ रन जोडे ।

जारी आइपीएलमा समान ९ खेलमा ८ अङ्कसहित दिल्ली छैटौँ र गुजरात सातौँ स्थानमा छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077