Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रुवाण्डामा शरणार्थी पठाउने विधेयक बेलायती संसद्‌बाट पारित

एजेन्सी । बेलायतको संसदले आफ्नो देशमा शरण लिन चाहने विदेशी नागरिकलाई मध्य अफ्रिकी मुलुक रूवान्डामा पठाउने सम्बन्धी विधेयक सोमबार पास गरेको छ ।

झण्डै दुईवर्ष लामो विवादपछि सो विधेयक संसदबाट पास भएको हो ।

यो विधेयक बेलायतको तल्लो सदन हाउस अफ कमन्समा पारित भए पनि माथिल्लो सदन (हाउस अफ लर्ड्स) मा अड्किएको थियो ।

अब हाउस अफ लर्ड्सले पनि विधेयक पारित गरेको छ । यो विधेयक राजपरिवारको स्वीकृतिपछि कानुन बन्नेछ ।

रुवाण्डाको कानुनमार्फत् बेलायती सरकारले यहाँ शरण लिइरहेका केही व्यक्तिलाई मध्य अफ्रिकी देश रुवान्डामा पठाउनेछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077