Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अमेरिकाले नेपालको संसदमा पार्टी खोलिसक्यो : चित्रबहादुर केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सत्ता र सरकारमा बस्नेहरूको गलत व्यवहारका कारण देश संकटको अवस्थामा पुगेको टिप्पणी गरेका छन् ।

नेकपाको ७६औं स्थापना दिवसको अवसरका नेकपा मसाल रुपन्देहीले सोमबार बुटवलमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै केसीले यस्तो टिप्पणी गरेका हुन् ।

उनले सहकारी ठग, ठूल्ठूला भ्रष्टाचारमा संलग्न र दोहोरो नागरिकता भएकाहरूबाट देश कंगाल भइसकेको बताए ।

सत्तामा गएकाहरू साम्राज्यवादको एजेण्डा बोकेर देशलाई लुटेको आरोप लगाउँदै संसदमा साम्राज्यवादी पसेको उनले बताए ।

भारतीय र अमेरिकन साम्राज्यवादले नेपालको भलो नचाहेको बताउँदै उनले अमेरिकाले संसदमा पार्टी खोलिसकेको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077