Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ट्रम्पको मुद्दा चलिरहेको अदालतबाहिर एक जनाले गरे आत्मदाहको प्रयास

एजेन्सी । पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको मुद्दामाथि सुनुवाइ भइरहेको म्यानहट्टनस्थित अदालतबाहिर एक व्यक्तिले आफूलाई आगो लगाएका छन् ।

आत्मदाहअघि उनले नजिकै भेला भएका सञ्चारमाध्यमहरू अगाडि पर्चा फालेका थिए । प्रहरीले घटनास्थलमा दिएको प्रतिक्रिया अनुसार उनको मनसाय अज्ञात छ ।

अधिकारीहरूले घटनामा अदालतको सुरक्षामा खलल नपरेको पनि बताए।

घटनापछि आयोजित पत्रकार सम्मेलनमा अनुसन्धानकर्ताहरूले उनीहरूले स्थानीय समय अनुसार दिउँसो साढे १ बजे  आपतकालीन कल प्राप्त गरेको जसमा उनीहरूलाई एक व्यक्तिले आफूलाई आगो लगाएको बताइएको जानकारी दिए ।

उनीहरूले आत्मदाह गर्ने व्यक्ति म्याक्सवेल अजरेलोका रूपमा पहिचान गरेका छन् । उनी गत हप्तामा फ्लोरिडाको आफ्नो घरबाट न्यूयोर्क आइपुगेका थिए।

न्यूयोर्कमा उनको कुनै आपराधिक रेकर्ड छैन, र फ्लोरिडामा उनको परिवारलाई उनी न्युयोर्क आइपुगेको थाहा थिएन ।

मुद्दाको कारण अदालत बाहिर ठुलो सङ्ख्यामा प्रहरीको उपस्थिति थियो । अधिकारीहरू तुरुन्तै आगो निभाउन पुगेका थिए ।

यसका बाबजुद उनको शरीर धेरै नराम्रोसँग जलेको छ । उनलाई गम्भीर अवस्थामा अस्पतालको बर्न सेन्टरमा लगिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077