Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सरकारलाई निर्वाचन आयोगको आग्रह - उपनिर्वाचनमा सहयोग पुर्‍याउनू

काठमाडौँ । निर्वाचन आयोगले यही वैशाख १५ गते हुने उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी रूपमा सम्पन्न गर्न गराउन नेपाल सरकारलाई सहयोगको आग्रह गरेको छ ।

उपनिर्वाचन हुने जिल्लामा विद्युत्, खानेपानी, यातायात, सञ्चार, स्वास्थ्य, दमकल जस्ता सेवा तन्दुरुस्त राख्न र निर्वाचन क्षेत्रमा खटाइएका सुरक्षाकर्मी, कर्मचारीलाई सुरक्षित कार्य सम्पादन गराउने वातावरण बनाउन सरकारलाई आग्रह गरेको हो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा आज जारी विज्ञप्तिमा सम्बद्ध निकायबाट कार्यान्वयन गर्ने गराउने गरी आवश्यक सहयोग तथा निर्देशन गर्न नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा लेखी पठाउने निर्णय गरेको आयोगले जनाएको छ।

प्रतिनिधिसभाको इलाम क्षेत्र नं २ र बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नं १ मा हुने उपनिर्वाचन सम्पन्न गर्न गत चैत २८ गतेदेखि आचारसंहिता लागू भएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077