Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री सोडारीले लिए शपथ

कैलाली । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री दीर्घ सोडारीले शपथ लिएका छन् ।

बिहीबार साँझ उनले प्रदेश प्रमुख नजिर मियाँबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

उनी आजै मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

नेकपा (एकीकृत समाजवादी) का सोडारी नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।

एमालेका १०, माओवादीका १०, एकीकृत समाजवादीका चार र नागरिक उन्मुक्ति पार्टी सात सांसद रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077