काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेबीच भेटवार्ता भएको छ ।
उनीहरुबीच बिहीवार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा भेटवार्ता भएको हो ।
भेटका क्रममा समसामयिक राजनीतिका साथै लगानी सम्मेलनबारे समीक्षा गरिएको बताइएको छ ।
उपप्रधान एवं गृहमन्त्री लामिछानेका अनुसार तीन नेताहरुबीच भेट नभएको लामो समय भएकाले पछिल्ला घटनाक्रमका बारेमा छलफल भएको हो ।
उनले प्रदेशमा सत्तासमीकरण फरक भएपनि तत्कालै केन्द्रमा कुनै समस्या नरहेको दाबी गरे ।