Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेस सभापति देउवाले माधवलाई भेटपछि सत्ता समीकरणमा तरंग

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेतासँग छलफल थालेका छन् ।

कांग्रेस सभापति देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भएको अर्थपूर्ण भेटघाटले सत्ता समीकरणमा तरंग ल्याएको हो ।

बुधबार साँझ एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग भेटवार्ता गरेका देउवाले बिहीबार बिहान आफ्नो निवास बुढानीलकण्ठमा शीर्ष नेतासँग छलफल थालेको स्रोतले बतायो ।

सुदूरपश्चिममा एमालेले दीर्घ सोडारीलाई मुख्यमन्त्रीमा अस्वीकार गरेपछि नेता नेपालले देउवासँग भेट गरेको बुझिएको छ ।

एमालेले अस्वीकार गरे पनि एकीकृत समाजवादीको बुधबार बसेको सचिवालयको बैठकले सोडारीलाई नै मुख्यमन्त्रीको रूपमा अगाडि सार्ने निर्णय गरेको छ ।

भेटमा वैकल्पिक गठबन्धन बनाउने विषयमा खुलेर छलफल भएको बुझिएको छ । स्रोतका अनुसार वैकल्पिक गठबन्धन बनाएर पहिला प्रदेशका सरकारहरू बनाउने विषयमा छलफल भएको छ ।

कांग्रेस र एकीकृत समाजवादी मिलेको अवस्थामा बागमती, सुदूरपश्चिम र मधेश प्रदेशमा सरकार बनाउन सकिने विषयमा समेत छलफल भएको बताइएको छ ।

एकीकृत समाजवादीले मात्र समीकरण छोड्दैमा केन्द्रमा असर नपरे पनि जसपाले समेत छोडेमा भने पुष्पकमल दाहाल 'प्रचण्ड' सरकार अल्पमतमा पर्ने देखिन्छ ।

देउवाले पनि पहिला एकीकृत समाजवादीलाई तयार गरेर जसपासँग कुरा गर्ने रणनीतिमा रहेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077