Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेस सभापति देउवा र माधव नेपालबीच गोप्य भेटवार्ता

काठमाडौँ । सत्ता गठबन्धनमा विवाद भइरहेका बेला नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको छ ।

बुधबार साँझ गाल्फुटारस्थित कांग्रेसका एक नेताको घरमा देउवा र नेपालबीच पौने एक घण्टा भेटवार्ता भएको हो ।

पार्टीको सचिवालय बैठकपछि अध्यक्ष नेपाल देउवासँगको भेटवार्ताका लागि गल्फुटार पुगेका हुन् ।

नेपाल पुगेको केही समयपछि देउवा आइपुगेका थिए ।

प्रमुख प्रतिपक्षी दलका सभापति देउवा र सत्ता साझेदार दल एकीकृत समाजवादीका अध्यक्ष नेपालबीच भएको गोप्य भेटवार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077