Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुदूरपश्चिमको मुख्यमन्त्री दाबी गर्न आज साँझ ५ बजेसम्मको समय

काठमाडौँ । सत्ता गठबन्धन दलको खटपट मिलाउन सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले पुनः संविधानको धारा १६८ (२) अनुसारकै मुख्यमन्त्रीमा दाबी पेस गर्ने समय दिएका छन् ।

यसअघि नागरिक उन्मुक्ति पार्टीका दुई सांसदले गरेको दाबी खारेज गर्दै प्रदेश प्रमुख मियाँले सत्ता गठबन्धनका शीर्ष नेताहरूले काठमाडौंमा गरेको सहमतिका आधारमा प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्न पुनः संविधानको धारा १६८ (२) कै व्यवस्थालाई पछ्याएका हुन् ।

यसअघि सोही धारालाई मुख्यमन्त्रीमा दाबी गर्न आह्वान भएकोमा नागरिक उन्मुक्तिका दुई जना सांसदहरू लक्ष्मणकिशोर चौधरी र कैलाश चौधरीले बेग्ला बेग्लै समर्थक जुटाएर दाबी पेश गरेका थिए ।

मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहालले काठमाडौं सत्ता गठबन्धन दलभित्र छलफल गरेर एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिन समझदारी गरेपछि प्रदेश प्रमुख मियाँले पहिलेका दाबी खारेज गरेर नयाँ आह्वान गरेका हुन् ।

मंगलबार साँझ आह्वान गरिएको पत्रमा मुख्यमन्त्रीमा दाबी पेस गर्न बुधबार साँझ ५ बजेसम्मको समय दिइएको छ ।

अब सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादी पार्टीका प्रदेशसभा संसदीय दलका नेता दीर्घ सोडारी मुख्यमन्त्री बन्ने भएका छन् । सत्ता गठबन्धनले बुधबार सोडारीलाई मुख्यमन्त्री बनाउन दाबी पेस गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077