Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्ड भन्छन् - अर्को निर्वाचन नहुँदासम्म वर्तमान सरकार कायम रहन्छ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्को निर्वाचन नहुँदासम्म वर्तमान सरकार कायम रहने बताएका छन् ।

मंगलबार नेपाल उद्योग परिसंघको २१औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।

उनले सञ्चारमाध्यममा यदाकदा हुने सरकार परिवर्तनका टिप्पणीहरूलाई गम्भीरतापूर्वक लिन जरुरी नरहेको बताए ।

सरकार परिवर्तन हुने तनाव उद्योगी व्यवसायीहरूले लिन आवश्यक नरहेको बताए ।

प्रधानमन्त्री रहँदासम्म मन्त्रीमण्डल पुनःगठन हुने कुरालाई अस्थिरताको रुपमा बुझ्न नहुने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077