Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जनमत पार्टीले नाराबाजी गरेपछि मधेश प्रदेशसभाको बैठक स्थगित

वीरगन्ज । जनमत पार्टीले अवरोध गरेपछि मधेश प्रदेश सभाको बैठक १० मिनेट स्थगित भएको छ ।

विश्वासको मत लिनका लागि सुरु गरिएको सदनको बैठक जनमत पार्टीले विरोध गरेपछि १० मिनेटको लागि बैठक स्थगित गरिएको हो ।

जनमतले गरेको विरोधमा कांग्रेसले साथ दिएपछि सभामुख रामचन्द्र मण्डलले १० मिनेटको सदनको बैठक स्थगित गरेको सूचना दिएका थिए ।

राजविराजको कृषि विश्वविद्यालयमा भएको घटनाको लागि छानबिन गठनको माग गर्दै विरोध जनाएपछि सभामुख मण्डलले सदनको बैठक स्थगित गरेको जानकारी दिएका थिए।

आज मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिनका लागि प्रदेश सभाको बैठक बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077