Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्ड र झलनाथ खनालबीच बालुवाटारमा भेटवार्ता

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई भेट्न बालुवाटार पुगेका छन् ।

नेकपा एकीकृत समाजवादीको निर्णयले सुदूरपश्चिमसहित समग्र गठबन्धनमा समस्या निम्तिएको बेला दुई नेताबीच भेटवार्ता भएको हो ।

भेटमा सुदूपश्चिमसहित समसामयिक राजनीतिक विषयबारे छलफल भइरहेको बताइएको छ । एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशबाट विद्रोह गरेपछि वर्तमान सत्ता गठबन्धन धरापमा परेको छ ।

अध्यक्ष माधव नेपालले प्रधानमन्त्री प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी ओली सहमतिबाट पछि हटेकोले गठबन्धनबाट बाहिरिने चेतावनी दिँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077