Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुदूरपश्चिमको मुख्यमन्त्रीमा नाउपाकै कैलाश चौधरीले पनि गरे दाबी पेस

धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टी (नाउपा)का अर्का सांसद कैलाश चौधरीले पनि दाबी पेश गरेका छन् ।

प्रदेश प्रमुख नाजिर मियाँलाई आइतबार अपराह्न भेटेर चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्। उनले नेकपा एमाले र नेकपा माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् ।

नाउपाकै लक्ष्मणकिशोर चौधरीले नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् ।

प्रदेश प्रमुख मियाले अर्को पक्षले पनि मुख्यमन्त्रीमा दाबी पेश गरेकाले कानुनी परामर्शपछि निर्णय गर्ने जवाफ दिएका छन् ।

लक्ष्मणकिशोरले नेपाली कांग्रेससहित दलहरूको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् भने कैलाशलाई संघीय सत्ता गठबन्धनका केही दलको साथ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077