Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबी पेस गर्न चौधरी प्रदेश प्रमुखको कार्यालयमा

धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्न नागरिक उन्मुक्ति पार्टी(नाउपा)का सांसद लक्ष्मणकिशोर चौधरी प्रदेश प्रमुखको कार्यालय पुगेका छन्।

कांग्रेससहितको समर्थनमा नागरिक उन्मुक्ति पार्टीका चौधरी मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश प्रमुखको कार्यालय पुगेका हुन् ।

उनले नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, नाउपा र राप्रपाको साथमा मुख्यमन्त्रीका लागि दाबी पेस गर्ने बताईएको छ ।

सुदूरपश्चिममा कांग्रेसका १८, एकीकृत समाजवादीका ४, नाउपाका ४ र राप्रपाको १ गरी बहुमत सांसद जुटाएर चौधरी मुख्यमन्त्री दाबी गर्न पुगेका छन्।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा सरकार बनाउन २७ सांसदको समर्थन आवश्यक पर्छ। सत्ता गठबन्धनभित्र पनि सुदूरपश्चिम मुख्यमन्त्री नाउपालाई दिने सहमति आइतबार बिहान बालुवाटारमा भएको थियो।

सत्ता पक्षले नाउपा संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षका सांसद कैलाश चौधरीलाई मुख्यमन्त्रीमा अघि सारेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077