Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

वर्तमान सरकार जवाफदेही बन्नुको साटो तानाशाही बन्यो : रमेश लेखक

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरकार जवाफदेही बन्नुको साटो तानाशाही बन्न खोजेको आरोप लगाएका छन् ।

आज बिहान बसेको कांग्रेस संसदीय दलको बैठकपछि बोल्दै प्रमुख सचेतक लेखकले यस्तो बताएका हुन् ।

सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग सम्बोधन गर्नुको साटो संसद अधिवेशन अन्त्य गरेर सरकार भागेको कांग्रेसको निष्कर्ष छ ।

प्रमुख सचेतक लेखकले सरकार जवाफदेहिताबाट भागेर गैरजिम्मेवारीपूर्वक प्रस्तुत भएको बताए । लेखकले सरकार जवाफदेही बन्नुको साटो तानाशाही बन्न खोजेको निष्कर्ष बैठकले निकालेको बताए ।

बजेट अधिवेशनका लागि पर्याप्त समय हुँदाहुँदै पनि अधिवेशन अप्रत्याशित रूपमा अन्त्य भएको भन्दै कांग्रेसले गम्भीर ध्यानाकर्षण भएको मुख्य सचेतक लेखकले बताए ।

लेखकले सरकारको तानाशाही प्रवृत्तिका कारण आफूहरुले २ दिन मात्रै संसद अवरोध गरेको र यसको जिम्मा सरकारले लिनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077