Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेस महामन्त्री थापाले शुरू गरे तेस्रो चरणको संवाद यात्रा

नेपालगञ्ज । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बाँकेको नेपालगञ्जबाट समुदायमा कांग्रेस कार्यक्रमअन्तर्गत तेस्रो चरणको संवाद यात्रा शुरू गरेका छन् ।

शनिवार नेपालगञ्जबाट शुरू भएको संवाद यात्रा वैशाख ४ गते कञ्चनपुर गएको टुंगिने छ । शनिवार नेपालगञ्ज पुगेका थापाले त्यहाँ कांग्रेसका नेता–कार्यकर्तासँग नयाँ वर्षको शुभकामना साटासाट गरेका थिए ।

महामन्त्री थापाले गत चैत १५ मा दोस्रो चरणको संवाद यात्रा शुरू गरेका थिए ।

नवलपरासीको गौरीगञ्ज चोकमा रहेको कांग्रेस संस्थापक नेता बीपी कोइरालाको प्रतिमामा माल्यार्पण गरेर उनले दोस्रो चरणको संवाद यात्रा शुरू गरेका थिए ।

यसअघि गत माघ १३ गते झापाको मेची पुलबाट शुरू भएको संवाद यात्रा माघ २२ गते नवलपरासीको गोपीगञ्जमै पुगेर रोकिएको थियो ।

यात्राका क्रममा आफूले बोल्नेभन्दा पनि स्थानीयका कुरा सुन्ने, विकास निर्माणका कार्यहरूको निरीक्षण गर्ने, स्थानीयको घरदैलोमा पुग्ने महामन्त्री थापाको योजना रहेको उनको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077