Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नाउपा संसदीय दल नेता चौधरी तीन महिनाका लागि निलम्बित

धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संसदीय दलको नेता घनश्याम चौधरीलाई तीन महिनाको लागि निलम्बन गरेको छ ।

पार्टी अध्यक्षलाई पठाएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै अध्यक्ष रन्जिता श्रेष्ठले चौधरीलाई तीन महिनाको लागि निलम्बन गरेकी हुन् ।

पार्टी अध्यक्ष श्रेष्ठले शुक्रबार प्रदेश सभामुख भीमबहादुर भण्डारीलाई पत्र पठाउँदै चौधरीलाई पार्टीबाट ३ महिना निलम्बन गरिएको जानकारी दिएकी छन् ।

अध्यक्ष श्रेष्ठको हस्ताक्षरमा जारी भएको पत्रमा प्रदेश सभा सदस्य चौधरीलाई पार्टीका विभिन्न विषयमा छलफल गर्न पटक-पटक बोलाउँदा पनि सहभागी नभएको र स्पष्टिकरण पनि चित्तबुझ्दो नभएकोले निलम्बन गरिएको उल्लेख छ ।

पत्रमा चैत १४, १५ र २५ गते चौधरीलाई छलफलका लागि बोलाइएको तर अध्यक्ष चौधरीलाई निराश बनाउने गरी उनी बैठकमा उपस्थित नभएको उल्लेख छ ।

यसअघि केन्द्रीय अध्यक्ष रन्जिता श्रेष्ठले संसदीय दलको नेताको जिम्मेवारीबाट घनश्यामलाई हटाएर कैलाश चौधरीलाई तोकेकी थिइन् ।

अध्यक्ष श्रेष्ठले समानुपातिक सांसद इन्दिरा गिरीलाई फिर्ता बोलाइसकेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077