Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

देश दुर्घटनाको संघारमा पुग्यो, कांग्रेस र एमाले मिलेर अघि बढौं : शेखर कोइराला

दाङ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले देश दुर्घटनाको संघारमा पुगेकाले पार्टीभन्दा माथि उठेर आफूले राष्ट्र बचाउने अभियान शुरू गरेको बताएका छन् ।

घोराहीमा बिहीवार आयोजित कांग्रेस दाङको दोस्रो जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै नेता कोइरालाले यस्तो बताएका हुन् ।

नेता कोइरालाले देश दुर्घटनातर्फ गएकाले दुई ठूला दल छिटोभन्दा छिटो एक ठाउँमा उभिएर देशलाई निकास दिर्नुपर्ने बताए।

कांग्रेस र नेकपा एमाले मिलेर देशलाई निकास दिनुपर्ने नेता कोइरालाको भनाई छ ।

नेता कोइरालाले भने,‘देश बचाउनकै लागि संसद्मा रहेका पहिलो र दोस्रो दल मिल्नुपर्छ भनेर मैले भन्दै आएको हुँ । राजनीतिक दलहरुले देश पहिले भन्ने कुरालाई प्राथमिकतामा नराखेसम्म राष्ट्र बन्दैन, छिटोभन्दा छिटो दुई ठूला दल एक ठाउँमा उभिएर देशलाई निकास दिऊँ ।’

राजनीतिक दलहरूले राष्ट्रलाई प्राथमिकता नराखेकै कारण जनतामा निराशा छाएको नेता कोइरालाले बताए ।

नेताहरूले पहिले आफू, त्यसपछि पार्टी अनि मात्रै देशलाई राख्ने गरेकाले राष्ट्र संकटमा परेको दु:खेसो उनले पोखे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077