काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले संविधान संशोधन नगरेसम्म देशमा राजनीतिक स्थिरता कायम नहुने बताएका छन् ।
लुम्बिनीमा आयोजित नेपाल शिक्षक संघको कार्यक्रममा बोल्दै नेता कोइरालाले यस्तो बताएका हुन् ।
उनले अहिलेको समस्याको जड निर्वाचन प्रणाली भएको बताए । उनले कांग्रेस र एमाले मिल्नुको विकल्प नभएको बताए ।
निर्वाचन प्रणालीकै कारण सरकार गठन र विघटन भइरहेको उनको दाबी छ ।
Leave a Reply