Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अब पार्टीलाई एकढिक्का बनाएर लैजान्छु : सभापति देउवा

बुटवल । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई एकढिक्का बनाएर लैजाने बताएका छन्।

नेपाली कांग्रेस क्षेत्र.३ रुपन्देहीको आयोजनामा बुधबार भैरहवामा आयोजित कार्यकर्ता भेटघाटमा बोल्दै सभापति देउवाले यस्तो बताएका हुन् ।

सभापति देउवाले विगतमा पार्टीभित्र आन्तरिक समस्या देखिए पनि अब पार्टी एकढिक्का बनाएर लैजाने बताए ।

भैरहवामा निर्माण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा सञ्चालन हुन नसक्नु दुःखद रहेको भन्दै उनले यसका लागि आफूले पहल गर्ने बताए ।

विमानस्थल बनेको लामो समयसम्म सञ्चालनमा आउन नसक्नु बिडम्बना भन्दै देउवाले सञ्चालनका लागि सरकारको ध्यानाकर्षण गराउने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077