Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विश्वप्रकाशको प्रचण्डलाई अपिल - रास्वपाले मागे जस्तो सार्वजनिक पद धारण गर्नेको सम्पत्ति छानबिन गरौँ

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई सार्वजनिक अपिल गर्दै २०४७ यता सार्वजनिक पद धारण गर्ने सबैको सम्पत्ति उपर छानबिन गर्न उच्चस्तरीय समिति बनाउन आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमार्फत महामन्त्री शर्माले रास्वपाको माग अनुसार २०४७ यता सार्वजनिक पद धारण गर्ने सबैको सम्पत्ति उपर छानबिन गर्न उच्चस्तरीय समिति बनाउन आग्रह गरेका हुन् ।

उनले भने 'सम्माननीय प्रधानमन्त्री सार्वजनिक अपील ! १० विगतदेखि हामी सबैले माग गर्दै आएको ०४७ यता सार्वजनिक पद धारण गर्नेको सम्पत्ति उपर 'उच्चस्तरीय छानबिन समिति'को माग रास्वपाले अहिले जो अघि सारेको छ, यो उपयुक्त छ । गठन गरौं । २० सहकारी ठगीबारे 'संसदीय छानबिन समिति' गठन गरौं !

आज मात्रै संसद् भवन परिसरमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले ०४७ सालयताका सबै भ्रष्टाचारहरू छानबिन गर्न स्वतन्त्र समितिको पक्षमा रहेको रास्वपा रहेको टिप्पणी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077