Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

हामी मर्न तयार छौँ, आन्दोलनबाट पछि हट्दैनौँ : राजेन्द्र लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरू आन्दोलनबाट पछि नहट्ने बताएका छन् ।

उनले आफूहरूको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको भन्दै बरु मर्न तयार हुने तर आन्दोलनबाट पछि नहट्ने बताएका हुन् ।

उनले मंगलबारको आन्दोलन गणतन्त्रप्रतिको ‘टेष्ट’ भन्दै यो भन्दा कडा आन्दोलन गर्ने बताए ।

निषेधित क्षेत्र तोड्न खोजेको भन्दै प्रहरीले भद्रकाली नजिक रोकेपछि अध्यक्ष लिङ्देनले आन्दोलन नरोकिने बताए ।

यस्तै अध्यक्ष लिङ्देनले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा समेत मागेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077