Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

वेस्ट इन्डिज ‘ए’सँग टी–२० शृंखला खेल्दै नेपाल

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले ट्वान्टी–२० विश्वकपअघि घरेलु मैदानमा टेस्ट राष्ट्र वेस्ट इन्डिजको ‘ए’ टोलीसँग क्रिकेट शृंखला खेल्ने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार सामाजिक सञ्जालमार्फत वेस्ट इन्डिजको ‘ए’ टोलीले नेपाल भ्रमण गर्ने जनाएको हो ।

वेस्ट इन्डिज ‘ए’ले नेपालसँग पाँच खेलको ट्वान्टी–२० शृंखला खेल्नेछ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने शृंखला अप्रिल २५ देखि मे ५ सम्म हुने क्यानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077