Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बञ्चरेडाँडामा तनाव, फोहोर फाल्न अवरोध गर्ने १३ जना पक्राउ

काठमाडौं । बञ्चरेडाँडामा फोहोर बिसर्जन गर्न अवरोध गर्ने १३ जनालाई प्रहरीले पक्राउ गरेको छ।

शनिबार बिहान फोहोर बोकेर गएका टिपरहरूलाई रोकपछि बञ्चरेडाँडाबाट १३ जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेकाहरूलाई बालाजु वृत्तमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

उनीहरूलाई काठमाडौंबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो।

बन्चरेडाँडामा फोहोर फाल्न अवरोध गर्ने सूचना पाएपछि बालाजु वृत्तको प्रहरी टोली र काठमाडौं महानगरको टोली पनि बञ्चरेडाँडा पुगेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077