Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आज १ बजेभित्र मनोनयन दर्ता गराउँदै रास्वपाका उम्मेदवार मिलन लिम्बु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट इलाम २ को उपनिर्वाचनमा उम्मेदवार बनेका मिलन लिम्बुले आज एक बजेभित्र मनोनयन दर्ता गराउँदै छन् ।

मनोनयन दर्तासम्बन्धी कार्यतालिका सार्वजनिक गर्दै उनले बिहान ११ बजेसम्म पार्टी अफिसमा भेला हुने र साढे ११ बजे पार्टी अफिसबाट मनोनयनको लागी र्‍याली सहित जाने जानकारी गराएका हुन् ।

निर्वाचन अधिकृतको कार्यालयमा पुगेपछि १२ बजे देखि १ बजे भित्र मनोनयन दर्ता गराइसक्ने उनको भनाइ छ ।

त्यसपछि २ बजेभित्र पार्टी कार्यालय आईपुग्ने र २ बजे देखि ४ बजे सम्म उम्मेदवार सँग भलाकुसारी तथा भेटघाट कार्यक्रम राखिएको छ ।
यस्तै ४ बजे देखि पार्टी कार्यालयमा केन्द्रीय नेताहरूद्वारा सम्बोधन गर्ने कार्यक्रम पनि रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077